पुष्पराज खतिवडा
६ श्रावण ,बारा : संचार तथा सुचना प्रविधी मन्त्री रेशा शर्माले नेपाल टेलिकमले आफ्नो सेवामा गुणस्तरियता कायम गर्न सक्नु पर्ने बताएकी छन् । शनिबार दुरसंचार कम्पनी लिमिटेड नेपाल टेलिमक प्रादेशिक निर्देशनालय मधेश प्रदेशको आयोजनामा सिमरामा सम्पन्न नेपाल टेलिकमले दिने सेवाका सम्बन्धमा आयोजित जानकारी तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारकी प्रवक्ता समेत रहेकी शर्माले यस्तो बताएकी हुन् ।

“नेपाल सरकारको ८८ प्रतिशत लगानी सहितको स्वामित्व रहेको टेलिकमले दिने सेवा गुणस्तरिय र प्रभावकारी हुनु पर्दछ । संचार सेवाको ब्यपार समेत गर्ने टेलिकमले सेवाग्रहीलाई सन्तुष्टि दिन सक्नु पर्दछ । यस्तो गर्न सकेमात्रै सरकारी सेवा प्रभावकारी हुन्छ, ” उनले भनिन् ।
वर्तमान सरकार जनमैत्री ढंगले अगाडी बढिरहेको भन्दै मन्त्री शर्मा टेलिकमले दिने सेवा समेत जनमैत्री हुनु पर्ने उनको जोड थियो । “संचार सेवा जनताको अधिकार हो ।जनताको आँगनमा पुगेर दिनु पर्ने सेवा जनताले धाएर समेत नपाने भए त्यो सेवा लिनै पर्छ भन्ने हुँदैन । यस्तै नेपाल टेलिकमले जनतालाई दिने सेवा सुलभ बनाईनु पर्दछ । ”

“यसका लागि टेलिकम संचालक समिति, यहाँ कार्यरत कर्मचारीहरुले यसका लागि खट्नु पर्दछ । निजि कम्पनीहरु फस्टाउँदै जाने र सरकारी संस्था कमजोर हुँदा देश ,जनता र यहाँ कार्यरत हजारौं कर्मचारीले दुःख पाउने अवस्था आउन सक्छ । त्यसैले समय सापेक्ष सेवालाई विविधिकरण गर्दै सहज बनाउनु पर्ने छ,” उनले भनिन् ।

टेलिमकको सोवा सुधार र पूर्वाधार निर्माणमा सरकारका तर्फबाट आफुले पहल गर्ने बताउँदै मन्त्री शर्माले २०२३ भित्र देशका सम्पूर्ण क्षेत्रमा संचार सेवा पु¥याईने बताईन् । देशभरका सामुदायिक विद्यालयहरुमा निःशुल्क ईन्टरनेट सेवा विस्तार गर्ने, पालिकाका वडा तह सम्म सेवा दिने । प्रतेक प्रदेशका २ वटा जिल्लामा नमुना सेवा दिने कार्यक्रम रहेको उनले जानकारी दिईन् ।

यस्तै संघिय साँसद एवं नेकपा एकिकृत समाजवादीका नेता कृष्ण बहादुर श्रेष्ठले सेवालाई चुस्त दुरुस्त बनाउन नसक्दा हिजोको जनकपुर चुरोट कारखाना निजि सूर्यटोवाको उदयसँगै सकिएको प्रशंग केलाउँदै त्यसो हुन नदिन आग्रह गरे ।

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ स्थीत टाँगियाबस्ती, निजगढ नगरपालिका केही वडाहरु र जिल्ला अन्य कतिपय स्थानहरुमा अझै नेपाल टेलिकमको सेवा नपुगेको भन्दै सो स्थानमा सेवा दिन समेत आग्रह गरे ।

बारा, पर्सा,रौतहट र सर्लाही जिल्लाका विभिन्ध पालिकाका प्रमुखहरु, प्रदेशसभा सदस्यहरु र संघिय सांसद ज्वाला कुमारी साह, प्रभु हजरा लगायतको सहभागिता रहेको थियो । उनीहरुले नेपाल टेलिकमको सेवा नपुगेका स्थानहरुमा सेवा सुचारु गर्न र सेवा प्रभावाकरी बनाउन मन्त्री शर्मा र टेलिकम टिमलाई आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल टेलिमकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, संचार तथा सुचना प्रविधि मन्त्राललयका सहसचिव बाबुराम भण्डारी लगायत टेलिकमका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय