१९ साउन , काठमाडौ :आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सले शुक्रबार काठमाडौंबाट सिमरा उड्न तयार ७२ यात्रुलाई अलपत्र पारेको छ।

यती एयरलाइन्सको मनपरिले गर्दा यात्रु अलपत्र  परेका हुन् । काठमाडौ सिमरा ४:१० को निर्धरित समयमा हुनु पर्ने उडान यतिले ५:३० का लागि  सारेको छ । सो समयमा पनि उडान हुने नहुने निश्चिति छैन । जस्का कारण सयौं यात्री अलपत्र परेका हुन् ।

सिमरासँगै भैरहवा , पोखरा, बिराटनगर जाने यात्रु जहाजको पर्खाइमा छन् ।  सिमरा जानू पर्ने NYT 539 नम्बरको विमान नेपालगन्ज भएकाले निर्धारित समयमा उडान नभएको कम्पनीका प्रतिनिधिले जनाएका छन् ।

यति एयरको जहाजको मनपरी भने पहिलो पटक होइन । यती एयरले कहिलेपनी निर्धारित समयमा उडान गरेको सुनेको छैन बारा कलैयाका ओमप्रकाश चौधरीले बताए ।

यधपी अर्को बिमानको टिकट नपाउँदा यति बाध्यता बन्न गयो । यस्तो लापरबाहीले यात्रुलाइ मार परेको छ । समयमै पुग्नु पर्ने बाध्यता हुन्छ । त्यसैले महगो मुल्य तिरेर जहाज चढ्नु परेको हो उनले भने ।

यात्रु मागेजति  पैसा लिएपछी समयमा उडान सेवा दिनुपर्ने हुन्छ । त्यसो नगरेर विमान कम्पनीले मनपरि उडान गर्दा समस्या हुने गरेको अर्का यात्री पवन ठाकुरले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय