काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरुले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्ने बताएका छन् ।  उनले सरकार नै संसद्लाई अनिर्णयको बन्दी बनाउनेतर्फ उद्धत भएको आरोप लगाएका हुन् ।

बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद् अवरोधको बाटोमा लैजाने जिम्मा सरकारले लिनुपर्ने बताए । उनले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न दिनेकुरामा कसैको हानी नहुने बताए ।

सांसद शर्माले राजश्व अनुसन्धान र  सीआईबीले मात्रै अनुसन्धानको निष्कर्ष निकाल्न नसक्ने बताए । सरकारी संयन्त्रको दुरुपयोग गरी सुन तस्करी भएकाले सरकारी संयन्त्रबाट नै अनुसन्धान निष्पक्ष हुन्छ भन्न नसकिने बताए ।

उनले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न नेकपा (माओवादी केन्द्र) का सांसदहरु नै नमानेको र ढिलो चाँडो उच्चस्तरीय समिति बनाउन माओवादी तयार हुनुपर्ने बताए ।

सांसद शर्माले राज्य व्यवस्था समितिलाई पूर्ण अधिकार दिएर अनुसन्धान गर्न सकिने बताए ।

Ratopati.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय