काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीहरुलाई शिक्षण संस्थाहरुले भर्ना शुल्क मागेकोप्रति गम्भी ध्यानाकर्षण भएको जनाएको छ ।
ति विद्यार्थीबाट भर्ना शुल्क माग गरेको भन्ने गुनासो प्रति काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै छात्रवृत्ति भन्नाले कक्षा ११ र १२ मा विद्यार्थीले शिक्षण संस्थालाई भर्ना शुल्क, मासिक शिक्षण शुल्क, कुनै प्रकारको धरौटी र ल्याव/पुस्तकालय वापत शुल्क तिर्नु नपर्ने गरी अध्ययन गर्न पाउने व्यवस्था भन्ने सम्झनु पर्ने महानगरले जनाएको छ ।
महागनरले कुनै किसिमको शुल्क लिएमा महानगरको निःशुल्क टेलिफोन नं. १६६००१०५५११, सस्मित पोखरेल ९८४००७१५५५ र नेत्र नारायण पौडेल ९८५११९९९४५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।