भदौ १७ ,जितपुर बारा: नेपाल सितोरियो कराँते संघ शाखा डोजो जीतपुरले आईतवार एक कार्यक्रमका विच बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीलाई बिदाई गरेको छ ।

बाराका प्रहरी प्रमुखको रुपमा करिब एक बर्ष ४ महिना कार्यकाल पुरा गरि काठमाण्डौ सरुवा हुनु भएका प्रहरी उपरिक्षक बोगटीलाई नेपाल सितोरियो कराँते संघ शाखा डोजो जीतपुर बाराले माला ,टीका र सम्मान पत्र सहित बिदाई गरेको हो ।

उक्त अवसरमा वोल्दै नेपाल कराँते महासंघ बाराका अध्यक्ष सानू पटेलले प्रहरी प्रमुखले आफ्नो कार्यकालमा विना राजनीतिक प्रेसरमा काम गर्ने गर्नु भयो । जिल्लामा ठुलठुला अपराध गरी फरार अभियुक्तहरुलाई पक्राउ गर्न सफल हुनुभएकोले शाहसी र निडर प्रहरी अधिकारीको रुपमा पहिचान बनाउन बोगट्टी सफल हुनु भएको बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक बोगटीले बारा जिल्ला सिमावर्ती क्षेत्रसँग जोडिएको हुनाले यहाँ लागू औषध सेवनकर्ताको संख्या बढेको बताउनु भयो । लागूऔषध सेवनबाट बच्नको लागि सानै उमेरदेखि आफ्नो बालबालिकालाई खेलकुदमा सहभागिता गराउन अभिभावक संग आग्रह समेत गर्नु भयो ।

नेपाल सितोरियो कराते संघ शाखा डोजो जीतपुरको प्रशिक्षक मनोज कुमार साहको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेपाल कराते महासंघ बारा अध्यक्ष पटेल, युवा नेता एवं पूर्व खेलाडी अफताब आलम लगायतकाले मन्तव्य राख्नु भएको थियो ।

बिदाई कार्यक्रममा युवा नेता आलम, दिपेन्द्र गुप्ता, मजहर अन्सारी, एलेक्स डोजोका सह प्रशिक्षक रबिन्द्र सहनी चन्द्र बहादुर सिह लगायतकाले माला र सम्मान पत्र सहित टीका लगाएर प्रहरी प्रमुख बोगट्टीको बाँकी कार्यकाल सफलताको कामना गर्दै विदाई गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय