पुष्पराज खतिवडा
२१ भाद्र : कानुनले दिएको अधिकारलाई प्रयोग गर्दै विधि पुर्याएर स्थानिय सरकारले आफु मातहतका कर्मचारीलाई सरुवा बढुवा गर्ने कुरा मेरा विचारमा सामान्य हो । बस विधि पुर्याएर गरे भैगो । यो सामान्य र नियमित प्रकृयामा पर्छ र परोस् । यसो गर्दा मेरो उस्को वरको परको भन्ने नभैदिओस् भन्ने हो ।
अन्य सरकारी एवं गैर सरकारी संघ संस्था कार्यालयहरुमा दैनिक सरुवा भैरहेका हुन्छन् । अझ सेना प्रहरी लगायत शुरक्षा निकायका तल्ला तहमा हुने सरुवाका कुरै छाडौं । माथील्ला हाकिमले कता हो झोला बोकीहाल्नुस् त । आजैबाट फलाना ठाउँमा खट्नुस् भनेर पनि सरुवा हुने गरेको हामी पाउँछौं । तरपनि ति प्रकृया कँही कतै सामाजिक संजालमा भेटिँदैनन् । सामान्य मानिन्छन् ।
तर जितपुरसिमरा उपमहानगरपालिकाले यही १९ गतेका दिन गरेको ८२ शिक्षक सरुवालाई ठुलै भयकंर उपलब्धी जसरी प्रचार प्रसार गरियो । केहीले यसलाई शिक्षामा आमुल परिर्वतनको सुरुवात भन्न सम्म भ्याए । केहीले नियम मिचेर शिक्षकको सरुवा गरियो भनेका छन् ।
उनीहरु मेयरले आफु खुशी गरे भनेर आरोप नै लगाए । पालिकाका मेयर राजन पौडेल र वडा नं. १६का अध्यक्ष हरिदेव खरेल विच सामाजिक संजाल फेसबुकमा परेको दोहरीले शिक्षक सरुवाको विषय सतहमै आयो ।
त्यपछि झन यो विषय अव सामान्य रहेन । पालिकाले ७७ जिल्लाका सिडियोहरुकै सरुवा गरे जसरी प्रचार गर्न जरुरी पनि छैन र थिएन । पहाडै पल्टाए जसरी खुशि हुनपनि पर्दैन थियो । भने यस विषयमा विरोधीले रोइलो गरिरहन जरुरी पनि देख्दीन ।
सम्बन्धीत ब्यक्ति र कार्यालयलाई पत्राचार गरेर निर्णय कार्यान्वय गराए भैहाल्थ्यो । कतिपय कार्यालयमा सरुवाका पत्रको खाममा गोप्यको छाप लगाएर दिने गरेको समेत पान्इछ । त्यसो गर्न किन जरुरी ठानेन नगरले त्यो बेग्लै बहसको विषय बन्ला । कसैको सरुवामा कसैले काखी बजाउने वातावरण बनाउन के जरुरी थियो र ।
८२ जना शिक्षकको सरुवा हुँदैमा नगरको शिक्षा क्षेत्रको आमुल परिवर्तन भएको जसरी प्रचार गर्नु समस्याको मुख्य जड देखियो । सरुवा हुँदा कतिलाई राहत भएको होला भने केहीलाई थोरै समस्या होला । सरकारी सेवा यस्तै हो । सेवा प्रवेश पूर्वनै शिक्षक साथीहरुलाई यस विषयमा जानकारी भएकै होला ।
सरुवाबाट मर्का परेकाले सम्बन्धीत निकायमा गुनासो गर्दा भो । मुनासिव लागे पक्कै उपचार होला र हुनपनी पर्दछ । नेता र उपल्ला कर्मचारीलाई तेल घसेकै भरमा सरुवा बढुवा गर्नु भएन । यदी त्यसो हो भने चैं गलत भन्नै पर्दछ ।