पुष्पराज खतिवडा
२३ भाद्र : बाराको सिमरामा असोज ७ गतेबाट अन्तर्राष्ट्रिय स्तरको भेट्रान फुटबल प्रतियोगिता २०८० को आयोजना हुने भएको छ । मधेशको शान भेट्रान खेलाडी प्रति उच्च सम्मान भन्ने नाराका साथ स्व. मन्जु देवी गुप्ताको स्मृतिमा तेस्रो अन्तर्राष्ट्रिय भेट्रान फुटवल प्रतियोगिताको आयोजना हुन लागेको हो ।

सिमरा भेट्रान क्लब सिमराले आयोजना गर्ने प्रतियोगिता बारे शनिबार सिमरामा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो । प्रतियोगितामा तीन विदेशी टिम सहित १२ वटा टिमको सहभागीता रहने जनाइएको छ ।

प्रतियोगितामा बङ्गलादेशको बङ्गलादेश भेट्रान फुटबल क्बल, भारतको क्लिबहाउस भेट्रान फुटबल क्बल, भारतको दार्जलिङ टाउनभेट्रान फुटबल क्बल, ईन्द्रेणी एकिकृत विकास केन्द्र पोखरा, चाबेल भेट्रान क्लब सहभागी हुने भएका छन् ।

यसैगरी नवजनजागृती युवा क्लब सिमरा, फ्रिडम फाईटरभेट्रान क्लब काठमाडौं, विरगञ्ज युथ एकेडेमी भेट्रान, अभिशेक चर्च भेट्रान क्लब नवलपरासी, चितवन भेट्रान क्लब, जहडा भेट्रान क्लब मोरङ र आयोजक सिमरा भेट्रान क्लब सहित १२ वटा टिमको सहभागिता रहने भएको हो ।

सिमरा रंगशालामा साँझ ५ बजेपछी फ्लड लाईटमा संचालन हुने प्रतियोगितामा पहिलो हुने विजेता टिमले २ लाख रुपैंया नगद प्राप्त गर्ने छन् ।  यस्तै उपविजेताले १ लाख रुपैंया नगद पुरस्कार पाउने छन् , भने प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५५ हजार नगद पुरस्कार दिईने आयोजक क्लबका प्रतियोगिता संयोजक हरि चौधरीले जानकारी दिनुभयो ।

जगदम्बा स्टिलको मुख्य प्रयोजन र जीतपुरसिमरा उपमहानगरको मुख्य सहयोगमा हुन गएईरहेको प्रतियोगितामा अनुमानित २४ लाख ३९ हजार रुपैंया खर्च हुनुमान गरिएको चौधरीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय