३० भाद्र ,बडहर्वा: नेपाली काँग्रेसको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८को आयोजनामा तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार वडाको माथ्लो बडहर्वा स्थीत मौवादेवी मन्दिर परिषरमा आयोजित कार्यक्रमको काँग्रेस नेतृ एवं संविधानसभा सदस्य मधु शाही ठकुरीले उद्घाटन गर्नु भएको थियो ।

प्रमुख अथिती समेत रहनु भएकी ठकुरीले हिन्दु नारीहरुको महान चाडको आफ्नै विशिष्ट महत्व रहेको बताउनु भयो । विवाहित नारीले पतीको लामो आयूको कामना गर्ने र अविवाहीत नारीले महादेव जस्तै पति पाउँ भनेर तीजमा वर्त बस्ने गरेको पौराणीक कथन रहेको उहाँको भनाई थियो ।

यस्तै ठकुरी पुत्री काँग्रेस यूवा नेतृ मेघा शाहीले धर्म र संकृतीको जगेर्ना गर्दै रमाईलो गर्ने पर्वका रुपमा नारीहरुको महान पर्व तीज मनाउने गरिएको बताउनु भयो । गत स्थानिय निर्वाचनमा ५ दिलिय गठबन्धनका तर्फबाट जितपुरसिमरा उपमहानगरपालिको उपमेयरमा उमेदवारी दिएर पराजित शाहीले निर्वाचन पछी पहिलो पटक वडानं. १८ आएको बताउनु भयो । यस वडामा आउँदा निकै खुशि लाग्ने गरेको उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाली काँग्रेस बारा क्षेत्र नं.३ का सभापति प्रभात कुमार चौरसिया, जितपुरसिमरा उपमहानागरपालिका वडा नं.१८का अध्यक्ष चतुर बाबु वाग्ले, स्थानिय अगुवा तोयानाथ पाठक, विनिल अधिकारी ,नर्मदा दाहल, तारा कार्की, फुल कुमारी बस्नेत लगायत एकसय बढी वडाबासी महिलाहरुको कार्यक्रमा सहभागिता रहेको थियो ।

नेपाली काँग्रेस वडा सभापति कृष्ण प्रसाद वाग्लेको अध्यक्षता एवं काँग्रेस यूवा नेता क्षेत्र नं.३का सचिव राजेश भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय