
पुष्पराज खतिवडा
३० भाद्र,बारा:प्रहरीले विभिन्न मिति, समय र स्थानहरुबाट बरामद गरेको ४३० केजी अबैध लागु औषध गाँजा नष्ट गरेको छ । सुक्रबार अपराहन्न जिल्ला प्रहरी कार्यालयको परिषरमा खाल्डो खनी पुरेर गाँजा नष्ट गरिएको हो ।
प्रहरी प्रमुख उपरिक्षक सुरेश प्रसाद काफ्लेको अगुवाई, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको रोहवर र जिल्लाका कृयाशिल पत्रकारहको उपस्थीतीमा उक्त परिमाणको गाँजा नष्ट गरिएको हो ।


गाँजा नष्ट गर्नु पूर्व एकसाता पहिला मात्रै सरुवा भई बारा आउनु भएका उपरिक्षक काफ्लेले बाराका पत्रकारहरुसँग भेटघाट गर्नु भएको थियो । परिचयात्मक भेटघाटसँगै जिल्लाका समस्या र आफुले आगामी दिनमा गर्नुपर्ने काममा पत्रकारको सुझाव माग्नु भएको थियो ।
पत्रकारहरुले जिल्ला प्रहरी कार्यालयबाट सुचना पाउन मुस्कील भैरहेको गुनासो गरेका थिए । विचौलिया र दलालहरुका कारण जिल्ला प्रहरीबाट गरिब र निमुखाहरुले सहज सेवा पाउन नसकेको । जिल्लामा अबैध मदिरा उत्पादन ओसारपसार र विक्रि वितरण भैरहेको, लागु औषधको ट्रान्जिट पोन्ईन्ट बन्दै गएको लगायतका समस्या सुनाएका थिए ।
यस्तै प्रहरीले सम्पादन गर्ने काममा ईमान्दारीता हराउँदै गएको । दवाव र प्रभावमा कार्य सम्पादन हुने गरेको भन्दै आगामी दिनमा यस प्रकारको समस्या बाराबासी भोग्न नपरोस् भन्दै उपरिक्षक काफ्लेलाई सुझाएका थिए ।
पत्रकारहरुले उपरिक्षक काफ्लेलाई जोसुकैसँग कुम जोडेर फोटो नखिचिन समेत आग्रह गरेका थिए । प्रहरीका प्रमुख तथा अधिकृतहरुसँग कुम जोडेर फोटो खिच्नेहरुले सर्वसाधारणलाई प्रहरीका हाकिमहरु चिनेको तिम्रा समस्या मिलाई दिन्छु भन्दै ठग्ने अनुभव सुनाएका थिए ।
पत्रकारहरुको सुझाव डाईरीमा टिपेका उपरिक्षक काफ्लेले पत्रकार साथीहरुबाट निकै महत्वपूर्ण , गम्भिर, मनन योग्य सुझाव आफुले पाएको बताउनु भयो । प्रहरी निर्देशित कानुन अनुसार चल्ने संगठन भएको सुँनाउँदै “आगामी दिनहरुमा तपाईहरुले दिएका सुझाव कार्यान्वय गर्र्ने छु ।
जिल्लाको शान्ति शुरक्षा र अमनचैन कायम राख्न भरमजदुर प्रयास रहने छ । अबैध गतीविधि नियन्त्रण भएर जानेछन् । सर्वसाधारणले सहज महसुस गर्ने वातावरण निर्माण गरिने छ,” उपरिक्षक काफ्ले भन्नु भयो ।