३ भाद्र ,बारा :प्रहरीले ४ किलो अबैध चाँदीको गरगहना सहित एकजनालाई पक्राउ गरेको छ । पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नं.३ मा बस्ने कृष्ण साह सोनारका छोरा ४०बर्षका राजेश साह सोनारलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाको परवानीपुर गाउँपालिका वडा न. ५ गण्डक नहर स्थित सडक खण्डबाट मंगलबार साँझ सोनारलाई पक्राउ गरेको हो ।
विरगंजबाट कलैया तर्फ आउदै गरेका सोनारको ना.१६ प ४०१६ नं.को मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलमा लुकाई छिपाई राखेको अवस्थामा चाँदीका गरगहना फेला परेको हो ।
बरामद भएका चाँदीका गरगहना सहित उनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखी थप अनुसन्धन कार्य भईरहेको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।