
६ असोज ,मनहर्वा : बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ मा रहेको साना सकिसान कृषि सहकारी मनहर्वाले शनिबार संस्थाको सभाकक्षमा बार्षिक प्रगती शमिक्षा गोष्ठी सम्पन्न गरेको छ ।
आर्थीक बर्ष २०७९।०८० को बार्षिक कारोबारको अवस्था माथी शमिक्षा गर्नुका साथै आगमी दिनमा गरिने कार्यक्रमहरुका विषयमा गोष्ठिमा छलफल भएको थियो ।


सो आर्थीक बर्षमा संस्थाले २ करोड १ लाख ९ हजार मुनाफा गरेको छ । लगानीमा रहेको कर्जा र सोको ब्याज तुलनात्मक रुपमा वृद्धि भएपछि सोको असुलीमा विशेष ध्यान दिने विषयमा समेत गोष्ठीमा छलफल भएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनु भयो ।
यस्तै आगामी दिनमा चालिने कदम तथा थप हुने सेवा संचालनका संदर्भमा गोष्ठी केन्द्रीत थियो । संस्थाको आगमी १९ गते बस्ने २१ औं बार्षिक साधारणसभा सन्दर्भमा पनि छलफल भयो , उहाँले भन्नु भयो ।
कृषि कार्यक्रमसँगै कृषि सामाग्री पसल, पशु शुरक्षण कार्यक्रम सहित दुग्ध संकलन केन्द्र संचालन गर्दै आएको सहकारीमा ३ हजार एकसय १ जना सदस्य छन् ।
जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ मा मुख्य कार्यलय रहेको संस्थाले कलैया उपमहानगरपालिकाको उत्तर झिट्कैंया, कलैया र महेशपुर सेवाकेन्द्र संचालन गरी सेवा दिँदै आएको छ ।
करिब ६० करोडको कारोबार गर्दै आईरहेको संस्थाले कृषि सुलभ कर्जा, पशुपालन तथा तरकारी उत्पादन कर्जा सरल ब्याज दरमा लगानी गर्दै आएको जनाएको छ ।
गोष्ठीमा संस्थाका संंचालक समिति, सेवाकेन्द्र उपसमिति ,लेखा समितिका पधादिकारी एवं सदस्यहरु र कर्मचारीहरुगरी ४५ जनाको सहभागिता रहेको थियो ।