
श्याम गुप्ता
६ असोज,बारा : कलवार समुदायको कुल देवता बलभद्र भगवानको शनिवार बारा र पर्सामा भव्य पुजाको आयोजना गरिएको छ ।
कलवार कल्याण समिति जीतपुरको आयोजनामा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित समितिको निजी जग्गामा र कलवार कल्याण समिति बिरगंजको आयोजनामा महानगरको आदर्शनगर स्थित समितिको आफ्नैं भवनमा बलभद्र भगवानको सामुहिक पुजाको आयोजना गरिएको हो ।
जीतपुरमा आयोजित पुजा पूर्व शोभा यात्रा निकालिएको थियो । बाजा गाजा र घोडाको घोडदौल सहिँत हजारौं भक्तजनहरूको सहभागितामा पुजा स्थलबाट बिहान निकालिएको शोभा यात्राले जीतपुर नगर परिक्रमा गरि पुनस् पुजा स्थलमा फर्किएर बिधिवत पुजा आरम्भ भएको थियो ।


सामुहिक पुजाको मुख्य जजुमानको रुपमा वडा नम्बर ७ का पूर्व वडाध्यक्ष रामबाबु गुप्ता र उनकी पत्नीले पुजाको अवधी भर उपवास (चौका) बसी पुजालाई पूर्णता दिलाएका थिए ।
प्राराचिन काल देखि नैं कृष्ण भगवानका दाजु बलभद्र भगवान कलवार समुदायको कुल देवताको रुपामा रहनुँ भएको छ ।
बिभिन्न समुदायका श्रद्धालुहरु बलभद्र भगवानलाई बलरामको रुपमा पनि लिने गरेको बलभद्र पुजाका आचार्य पवनेश शास्त्रीले बताए ।
बललाई शक्ती र भद्रलाई अन्न मानिएकको आचार्य शास्त्रीले बलभद्र भगवानको अर्थ बारे बताउँदै शास्त्रीले बलभद्र भगवानलाई भात, बिषेश किसिमको दाल र पाँच थरीका तरकारीको भोग लगाउँने प्रचलन रहेको बताए ।
उनको पुजा पश्चात सो अन्नलाई कलवार समुदायका भक्तजनहरुले प्रशादको रुपमा ग्रहँण गर्ने प्रचलन प्राचिन काल देखि नैं चलि आईरहेको पनि उनले बताए ।
सोहि अवसरमा पूर्व कार्यसमितलाई सम्मान पत्र सहिँत बिदाई गरिएको थियो । भने, समितिका उपाध्यक्ष लालबाबु प्रसाद साह कलवारले नयाँ कार्यसमितिका अध्यक्ष कन्हैया प्रसाद गुप्तालाई प्रमाणपत्र प्रदान गर्दै पदभार ग्रहण गराएका थिए ।