
सिमरा भेट्रान कल्वको आयोजनामा सिमरा रंगशालामा आईतबारबाट सूरु भएको तेस्रो अन्तराष्टिय भेट्रान फुटबल प्रतियोगिता अन्र्तगत उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लबले विजय शुरुवात गरेको छ । अभिशेष चर्च भेट्रान नवलपरासीलाई ४–२ गोल अन्तरले पराजित गर्दै आयोजकले विजय शुरुवात गरेको हो । आयोजकलाई जित दिलाउने क्रममा दिपेन राईले ह्याट्रिक गरेका थिए । निर्धारित ६० मिनेटको खेलमा राईले २६, ३८ र ४५औं मिनेटमा गोल गरेका थिए । आयोजकका लागि चौथो गोल गोपीप्रसाद भट्टले गरे । यता अभिषेक चर्चका लागि भने यमु राना र हरिबहादुर महतोले एक÷एक गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच आयोजकका राई घोषित भए ।
सोमबार दुई खेल हुँदै


प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछ । सिमरा रंगशालामा हुने पहिलो खेल चितवन भेट्रान क्लब र वीरगन्ज युथ एकेडेमीबीच हुनेछ । यसैगरी दोस्रो खेलमा दार्जलिङ भेट्रान क्लब र चाबहिल भेट्रान काठमाडौं भिड्नेछन् ।