पुष्पराज खतिवडा
९ असोज,बारा: किसानले उत्पादन गरेको दुध विक्नै समस्या हुन थालेको छ । बजार नपाउँदा किसानले उत्पादन गरेको दुध विक्रिमा समस्या हुन थालेको हो ।
ग्रामिण क्षेत्रबाट दुध खरिद गरेर शहरमा विक्रि गर्दै आएका डेरी उद्योगहरुले बजारमा दुधका परिकार विक्रिमा कमी आएको भन्दै दुध उठाउन कम गरेका छन् । त्यसको असर किसानमा परेको हो ।
मुल्य घटाएर दुध लैजानुस् भन्दा पनि डेरीहरु दुध लान मानिरेहेका छैनन् जितपुरसिमरा उपमहानगरपालिका”१८, उचिडी स्थीत सामुदायिक दुध संकलन केन्द्रका प्रमुख शिव वाग्लेले बताउनु भयो ।
दुधको उत्पादन वृद्धि भएको छ । किसानहरुको बलियो आम्दानीको श्रोत दुध उत्पादन बनिरहेका बेला बिक्रिमै समस्या आउन थालेपछि दुध उत्पादक संस्था संचालकहरु तनावमा देखिएका छन् ,उहाँले भन्नु भयो ।
यस्तै साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले संचालन गरेको दुध संकलन केन्द्रमा दैनिक एकहजार लिटर दुध संकलन भैरहेको छ । तर विक्रि गर्न समस्या भएपछि नयाँ किसानको दुध किन्न छाडिएको संस्थाले जनाएको छ ।
धेरै डेरीसँग दुध विक्रिका लागि अनुरोध गर्दा सबैले बजार छैन । हाल किन्न सकिँदैन भन्ने जवाफ दिने गरेका छन् । जस्का कारण मिल्क होलिडे गर्नु पर्नेे अवस्था आएको संकलन केन्द्रका प्रमुख मनोज पटेलले बताउनु भयो ।
कलैया डेरीका संचालक सियाराम सिंहका अनुसार नेपालमा भन्दा भारतमा दुधको मुल्य कम छ । खुल्ला सिमानाका कारण चोरी छुपी भारतीय दुध नेपाल भित्रिएका कारण नेपाली दुधले बजार पाउन समस्या भैरहेको हो ।
अर्को कुरा जहाँपनि राजनिति हुने गर्दा समस्या भयो । दुध उत्पादक संघका नेताहरुले उत्पादन र वितरणलाई ख्यालनै नगरि दुधको मुल्य बढाउन दवाव दिए । सरकारले विचारै नगरी ह्वात्तै मुल्य बढायो । त्यसको असर बजारमा प-यो ,उहाँले भन्नु भयो ।
उपभोक्ताले दुध खानै कमगर्न थाले अर्को महत्वपूर्ण कारण यो पनि हो । यस्तै बजारमा पैसानै छैन । ब्यपार छैन । बजार सानसुन छ । देशमा आर्थीक मन्दी छ ,यसको असरले पनि दुधको बजारलाई समस्या पारेको हो , कलैया डरी संचालक सिंहले भन्नु भयो ।
यस्तै दुध र परिकार गरी दैनिक ११ हजार लिटर सम्म विक्रि गर्दै आएको डुमरवाना डेरीको हाल ४ हजार ४५ सय लिटर मात्रै विक्रि भैरहेको जनाएको छ । पहिलो कुरा दुधको उपभोक्तानै घटेका छन् । जस्का कारण बजार विक्रि हुने दुध, दहि, पनिर ,ध्यु लगायतका परिकारको विक्रिमा कमि आएको डेरीका अध्यक्ष टिकाराम न्यौपानेले बताउनु भयो ।
उहाँका अनुसार दुधको मुल्य बढेसँगै उपभोक्ता घटेका छन् । सरकारले दुधको परलिटरमै ९ रुपैंया ९० पैसा वृद्धि गरेको थियो । त्यसको असर स्वभाविक रुपमा उपभोक्ता बजार मुल्य पर्न गयो ।
अर्को भारतीयबाट दुध तथा पाउडर नेपालमा अबैध तरिका आउने गरेको भन्ने छ । केही हद सम्म त्यसको असर परेको हाम्रो अनुमान हो, अध्यक्ष न्यौपानले भन्नु भयो ।
सरकारले चोरी तस्करीमा कडाई नगर्ने हो भने समस्या जटिल बन्ने देखिँदैछ, उहाँले भन्नु भयो ।