१३ असोज,सिमरा:जितपुरसिमरा उपमहानगरपालिका वडा नं.४ औराहमा रहेको घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारणसभा अवसरमा बारा जिल्लामा सक्रिय दुईजना पत्रकारलाई नगद सहित पुरस्कार प्रदान गरेको छ ।

घण्टीमाई सहकारी पत्रकारिता पुरस्कार २०८० बाट नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्य समिति सदस्य एवं जुरेली मिडियामा कार्यरत लक्ष्मी खरेल र रेडियो नेपाल तथा साझेदारी दैनिकमा कार्यरत रञ्जन यादवलाई संयूक्त रुपमा यो पुरस्कार प्रदान गरेको हो । पत्रकारीताका माध्यमबाट समाज रुपान्तरण भुमिका खेलेको भन्दै पत्रकारद्वयलाई घण्टीमाई सहकारी पत्रकारिता पुरस्कार २०८० प्रदान गरिएको संस्थाले जनाएको छ ।

शनिबार संस्था परिषरमा आयोजित ११ औं बार्षिक साधारणसभाको राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागाँइले उद्घाटन गर्नु भएको थियो । संस्थाले बार्षिक साधारणसभाको अवसरमा अन्य आधा दर्जन ब्यक्ति तथा सदस्यलाई समेत सम्मान गरेको छ ।

यस क्रममा सदस्य परिवारबाट एसइइ परिक्षामा सहभागि भई उत्कृष्ठ अंक ल्याउने २ जना छात्रछात्रा, संस्थाका २ जना जेष्ठ सदस्य सहित उत्कृष्ठ ऋण तथा बचतकर्ता र संस्थाका कर्मचारी सम्मानीत भएका हुन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासँघका सञ्चालक चौलागाँइ , मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी, पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ(नेफ्स्कुन)का सञ्चालक हरेराम प्रसाद, बारा बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्यन्द्र ठाकुर, सञ्चारकर्मी विदुर खड्का, साना किसान विकास बैंकका लघुवित्त सहजकर्ता प्रकाश पाण्डे लगायतले बोल्नु भएको थियो ।

सहकारी संस्थाकी अध्यक्ष कोपिला सिंखडाको अध्यक्षता, उपाध्यक्ष थानेश्वर पौडेलको स्वागत एवं संस्थाका सचिव भुवन खड्काको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

१ हजार एकसय जना शेयर सदस्य रहेको सहकारी संस्थाले १८ करोडको कारोबार गर्दै आएको छ । गत आर्थीक बर्ष २०७९।०८० मा संस्थाले ६० लाख ३७ हजार नाफा गरेको संस्था अध्यक्ष कोपिला सिंखडाले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय