
जुरेली संवाददाता
सिमरा,बारा :जितपुरसिमारा उपमाहानगर पालिकाको ११ नम्बर वडा अमाडारमा सार्वजनिक जग्गाबाट १ हजार टिपर भन्दा बढी माटो चोरी गरि विशेष आर्थिक क्षेत्र प्राधिकरण(सेज) मा बिक्री गरिएको तथ्य सार्वजनिक भएको छ।
उपमाहानगर पालिका ११ का वडा अध्यक्ष बिन्दालाल साहको सिफारिसमा साबिक गा. बि. स. फत्तेपुर वडा नं ९ कायम रहेको हाल वडा ११ को कि नं ३५ को ५ बिगाहा जग्गाबाट १ सय टिपर माटो बिक्रीको लागि नगरपालिकाको कार्यालयलाई सिफारिस गराइ नगरपालिकाको अधिनमा रहेको ४२ नंम्बर कित्ताको जग्गाबाट माटो खनि बेचिएको पुर्व वडा अध्यक्ष बिनोद यादबले जुरेली न्युजलाइ जानकारी दिए । यादबका अनुसार नगरपालिकाका मेयर, वडा अध्यक्ष र नगरभित्रका भुमाफियाको मिलोमतोमा सार्वजनिक जग्गाको माटो बेचिएको हो ।


सार्वजनिक जग्गाबाट चोरी गरि बेचिएको माटो सेज भित्र निर्माणाधीन विभिन्न उद्द्योगमा प्रयोग भएको पाइएको छ। हाम्रो स्थलगत अनुगमनमा सेजभित्र भौतिक संरचना बनाइरहेको ग्रेनाइट टायल कम्पनी र लक्ष्मी ग्रेनाइट इण्ड्टृमा बिक्री गरिएको भेटिएको हो।
नगरपालिकाले १०० टिपर माटो बिक्रीका लागि सिफारिस दिए पनि १ हजार टिपर भन्दा बढी माटो बिक्री गरि राजश्वमा समेत ठूलो अपचलन भएको स्थानियहले बताए ।
उमनपा ११ बस्ने महमददिन मिया चुरिहारको नाममा दर्ता रहेको साबिक फत्तेपुर वडा नं ९ को कि नं ३५ को पाँच बिगाहा जग्गाको सिफारिसमा औपचारिक कागज बनाइ उमनपाको सार्वजनिक जग्गा दोहन गरिएकोमा स्थानिय बिरोधमा उत्रिएपछि नगरपालिका र वडाको बदमासी बाहिर आएको हो।
यस बिषयमा हामिले नगर अध्यक्ष राजन पौडेललाइ सम्पर्क गर्दा उनको मोबाइल उठेन।