२४ असोज ,बारा: जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ पूर्व वडा अध्यक्ष एवं नेकपा माओवादी केन्द्रका प्रभावशाली यूवा नेता केदारनाथ बजगाँई एमाले प्रवेश गरेका छन् । उनीसँगै सो वडाका माओवादी कमिटी उपाध्यक्ष नमराज श्रेष्ठ सहितको ठुलो समुह एमाले प्रवेश गरेको छ ।

बुधबार नेकपा एमालेको मधेश प्रदेश अधिवेसन उद्घाटन गर्न जनकपुर आएका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायत नेताहरुले बजगाई सहितलाई माला लगाएर पार्टीमा स्वागत गरेका हन् ।

एमाले प्रवेश गर्नेमा माओवादी केन्द्रका नगर कमिटी सदस्य दुर्गाप्रसाद शिवाकोटी, बृजकिशोर महतो, १६ नं. वडाका सचिवालय सदस्य श्यामसुन्दर उप्रेती लगायत रहेका छन् । वडाको पिलुवा, महेन्द्रनगर, बदाफर र कतर्वाका १५० जना बढीले नाम टिपाएर एमाले प्रवेशको घोषण गरेको एमाले नेता हरिदेव खरेलले बताए ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ को टाँगियावस्ती बाहेकका स्थानका माओवादीका साथीहरु एमालेमा समाहित भएका हुन् , वडा अध्यक्ष समेत रहेका एमाले नेता हरिदेव खरेलले बताए ।

गत निर्वाचनमा एमाले प्रवेश गरेका बजगाई हालका वडा अध्यक्ष खरेलसँग मात्रै २ मतको अन्तरमा पराजित भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय