२४ असोज ,बारा: जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ को डकाहा खेल मैदानमा जारी वडा अध्यक्ष कप २०८० अन्तर्गत बुधबारको खेल ओजेल यूवा क्लब टाँगियावस्तीले जितेको छ ।

पर्साको बिरगजं सिटी युवा क्लबलाई दुई शुन्य गोलको अन्तरमा जित्दै टाँगियावस्ती क्वाटरफाईनल प्रवेश गरेको छ । टाँगियावस्तीको जितका लागि साईमन गुरुङ्ग र रोशन लामाले एकएक गोल गरेका थिए ।

पहिलो हाफ अघि गुरुङ्गले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । हाफको पछिल्लो खेलमा ओजेलका लागि लामाले पुनः अर्को गर्दै जित शुनिस्चीत पारेका थिए ।

खेलको अन्तीम समयमा डिबक्स नाघेर बल धकेलिदिएका कारण रातो कार्ड खाँदै बिरगजं सिटीका गोल किपर रामजाने चौधरी आउट भएका थिए । दिशासान अंसारीलाई गोल किपर बनाउँदै १० खेलामीमा समेटिएको बिरगजं सिटीले पटकपटक पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा गोल रहित प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

आजको खेलमा ओजेल यूवा क्लबका खेलाडी जर्सी नं.४का साईमन गुरुङ्ग उत्कृष्ठ खेलाडी घोषित भए ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ को आर्थीक सहयोगमा जारी प्रतीयोगितामा पहिलो हुनेले ५० र दोस्राले २५ हजार नगर पुरस्कार सहित ट्रफी प्राप्त गर्ने छन् ।

कार्तिक ३ गते सम्म चल्ने प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय