
पुष्पराज खतिवडा
२५ असोज, बारा :भारत लैजान लागिएका ५ बालिकाको बारा प्रहरीले उद्दार गरेको छ । करैयामाई गाउँपालिका वडा नं.१ बाट गत सोमबार साँझबाट हराएका ५ बालिकाको प्रहरीले उद्दार गरी परिवारको जिम्मा लगाएको हो ।


भारतको मोतिहारी जिल्ला, पुर्वी चम्पारण ढाका थाना बिक्रमपुर गाँउ बस्ने सत्य ब्रत पालको छोरा १८ को कवि कुमार पालले उनीहरुलाई भारत लैजान लागेका थिए । सोही क्रममा भारतीय यूवक पालबाट बालिकाहरूलाई उद्दार गरि जिल्ला प्रहरी कार्यालय बारा मार्फत अभिभावकको जिम्मा लगाईएको हो ।
गाउँबाट वर्ष १३ की १ जान, १४ की २ जना, १६ की २ जान गरि ५ (पाँच) जना बालिका एकसाथ हराएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए । बालिकाहरुको फोटो सहित प्राप्त सुचनापछि परिचालित प्रहरीले विभिन्न विधिबाट खोजतलास गर्ने क्रममा बुधबार अपराहन्न विरगजंमा बालिकाहरु फेला परेका थिए ।
प्रहरीको विषेश टोलीले खोज तलास गर्दै जाँदा पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर स्थित रानीसति धर्मशाला नजिकैबाट रक्सौलतर्फ जाने क्रममा उनीहरु फेला परेका हन् ।
बालिकाहरुलाई भारत लैजान खोज्ने भारतीय यूवक प्रक्राउ गरी उनीमाथी अनुसन्धान कार्य भई रहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।