पुष्पराज खतिवडा
३० असोज :बारा प्रहरीले एम्बुलेन्समा गाँजा बरामद गरेको छ । सवारी जाँचका क्रममा विराम बोक्नु पर्ने अत्यावश्यक सवारी साधनमा गाँजा फेला परेपछी सोका चालक सहित एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत सुक्रबार महागढिमाई नगरपालिकाको गंजभवानीपुरबाट गाँजा सहित गाँजा ओसारपसारमा संलग्न एम्बुलेन्सका चालक भारतीय नागरिक ३२ बर्षिय रामविश्वास पास्वान पक्राउ परेका हुन् ।

उनले चलाई आएको भारतीय नं.प्लेटको विआर ०५ पिवि ५५२३ नंबरको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त नंबरको एम्बुलेन्सबाट प्रहरी २ केजी ५सय ग्राम अबैध लागु औषध गाँजा बरामद गरेको बारा प्रहरी प्रमुख एसपी शुरेस प्रसाद काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय