काठमाडौं । उद्धारका लागि खटिएका इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी डीएसपी सुन्दर तिवारी आफै घाइते भएका छन् । उनीमाथि चक्कु प्रहार भएको हो ।
बाँकेका प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार कोहलपुर–२ दीपनगरका कुशल थापाले उनीमाथि चक्कु प्रहार गरेका हुन् । थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर हत्या गर्न खोजेका प्रहरीले जनाएको छ । उद्धारका लागि खटिएका डीएसपी तिवारीमाथि नै चक्कु प्रहार भएको डीएसपी डाँगीले बताए ।
थापा मानसिक बिरामी भएको खुलेको छ । सोही कारण थापाले आफ्ना परिवारका सदस्यलाई बाहिर भएको मौकामा नवजात छोराको हत्या गर्ने भन्दै आफ्नै घर भित्र थुनेर राखेका थिए । प्रहरीले उनको नवजात छोराको उद्धार गरेको छ ।