कोलकत्ता । भारतको पश्चिम बंगालको कथित रासन वितरण घोटालामा प्रवर्तन निर्देशनालयले ममता बनर्जी सरकारका वनमन्त्री तथा पूर्व खाद्यमन्त्री ज्योतिप्रिय मलिकलाई पक्राउ गरेको छ ।

यसअघि बिहीबार बिहानैदेखि निर्देशनालयको टोलीले उनको विभिन्न स्थानमा छापा मारेको थियो । करिब २० घण्टासम्म चलेको खोजि अभियानपछि उनलाई पक्राउ गरिएको एक अधिकारीले जानकारी दिए ।

पक्राउ परेपछि मन्त्री मलिकले पत्रकारसँग भने,‘म गहिरो षडयन्त्रको शिकार भएको छु । भाजपाले मलाई शिकार बनाएको हो । यो षडयन्त्रमा भाजपा र विपक्षी नेता शुभेन्दु अधिकारी संलग्न छन् ।’

पक्राउ लगत्तै उनलाई जोकास्थित इएसआई अस्पताल लगिएको थियो । यसअघि मुख्यमन्त्री ममता बनर्जीले बिहीबार एक पत्रकार सम्मेलनमा इडीको कार्यको निन्दा गरेकी थिइन् । उनले मलिकलाई केही भयो भने भाजपा र इडीविरुद्ध एफआईआर दर्ता गरिने बताएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय