काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउन एक अर्को प्रयास थालेको छ । केही दिनअघि असोज ४ गते प्राधिकरणले एक सूचना जारी गर्दै १५ दिनभित्र एमडीएमएसमा दर्ता नभएको फोन दर्ता गर्न आग्रह गरेको छ ।

‘यदि १५ दिनभित्र एमडीएमएस प्रणालीमा दर्ता नभएमा उक्त मोबाइल ह्यान्डसेटमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने,’ प्राधिकरणले सूचनामा भनेको छ । एमडीएमएसमा आईएमईआई नम्बर दर्ता नभएका फोनहरु गैरकानुनी तरिकाले भित्रिएको हुने प्राधिकरणको भनाइ छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले हालै नेपाल भित्रिएको आइफोन १५ सिरिजकै हजारौँ फोन एमडीएमएसमा दर्ता नभएरै चलिरहेको बताएको छ । पछिल्ला आइफोन र अरु एन्ड्रोइड फोनहरुमा दूरसञ्चार सेवा नचल्ने गरी ब्लक गर्ने तयारी गरिरहेको प्राधिकरणले बताएको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दर्ता नभएका आइफोन १५ दर्ता गर्नका लागि आह्वान भइहेको र दर्ता नभएमा ती फोनमा दूरसञ्चार सेवा अवरुद्ध गर्ने तयारी भइरहेको बताए । प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडाले करिब दुई हजार आइफोन १५ एमडीएमएसमा दर्ता नभएरै सञ्चालनमा रहेको बताएका छन् । पटकपटक दर्ता गर्नका लागि आह्वान गर्दा समेत दर्ता नभइरहेको र अब दूरसञ्चार सेवा अवरुद्ध गर्ने स्थिति सिर्जना भएको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय