काठमाडौं । मङ्गलबार गाजामा युद्धका क्रममा नौ इजरायली सैनिक मारिएको बताएका छन् । योसँगै अक्टोबर ७ यता अहिलेसम्म मारिने इजरायली सैनिकको कुल सङ्ख्या ३ सय २६ पुगेको छ । सेनाका अनुसार मङ्गलबार प्यालेस्टाइनी क्षेत्र गाजा स्ट्रिपभित्र आक्रमणका लागि जाँदा त्यहाँको लडाइँमा नौ इजरायली सेना मारिएका छन् भने दुई सैनिक गम्भीर घाइते भएका छन् ।

अरु धेरै हराइरहेकोल थपको मृत्यु भएको हुनसक्ने बताइएको छ । प्यालेस्टाइनी लडाकु समूह हमासद्वारा इजरायलको इतिहासमा सबैभन्दा खराब हमलापछि हमासविरुद्ध इजरायली सेना युद्धमा होमिएको छ । यसैबीच गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा भएको इजरायली हमलामा मङ्गलबार कम्तीमा ४७ जना मारिएका छन् । इजरायलले मारिनेमा अक्टुबर ७ को हमलामा संलग्न हमास कमान्डर पनि रहेको बताइएपनि त्यसको स्वतन्त्र पुष्टि भएको छैन ।

राति हुनुभन्दा पहिला बाक्लो जनसङ्ख्या भएको जबालिया शिविरमा ठूलो विस्फोट हुँदा वरपरका भवनका बाहिरी भाग क्षतिग्रस्त भएका थिए भने फोहोरले भरिएको एउटा गहिरो खाडल बनेको थियो । सयौँ दर्शक र स्वयंसेवकहरू कङ्क्रिट ब्लकहरूमा पञ्जा लगाएर जीवितहरूलाई खोजिरहेका थिए । एएफपीले कम्तीमा ४७ शव फेला परेको बताएको छ ।

स्थानीय बासिन्दा ४१ वर्षीय राघेब अकलले विस्फोटको तुलना ‘भूकम्प’ सँगै तुलना गर्दै भग्नावशेषमा दबिएका घर र शरीरमा चोट लागेका ठूलो सङ्ख्यामा घाइते र शवहरू देखेको बताए । आफ्नो युद्धक विमानहरूले साइटमा एउटा ‘विशाल’ सुरुङ परिसरमा हमला गरेको इजरायलले बताएको छ ।

इजरायलका नेताहरूले मुलुकको इतिहासमा सबैभन्दा खराब हमलाको बदला लिनका लागि हमासलाई निमिट्यान्न पार्ने बाचा गरेका छन् । यता विश्वभरबाट इजरायली दमनको तिब्र विरोध भइरहेको छ । हमासमाथिको आक्रमणको नाममा गाजाक्षेत्रमा सर्वसाधारणमाथि गरिएको इजरायली आक्रमणको कडा निन्दा गरिएको छ र युद्धविरामको आग्रह गरिएको छ तर इजरायलले अमेरिकाको आडमा ती युद्धविरामका आग्रहहरुलाई लत्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय