जनकपुर । कक्षा ९ मा अध्ययनरत १८ वर्षीया रजिना खातुन बुधबार मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री बनेकी छन् । प्लान इन्टरनेसन नेपालले बुधबार आयोजना गरेको एक कार्यक्रममा खातुनलाई १ घण्टाका लागि मन्त्री बनाइएको हो ।

कार्यक्रममा मन्त्री महेशप्रसाद यादवले सो कार्यक्रमको अवधिभर आफ्नो कुर्सीमा खातुनलाई बसाउँदै पद तथा मन्त्रीको जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

जनकनन्दनी गाउँपालिकामा रहेको विद्यालयको कक्षा ९ मा अध्ययनरत फरक क्षमताकी खातुनलाई मनोबल उच्च बनाउन तथा समाजमा पछाडि परेका मुस्लिम समुदायकाका किशोरीलाई प्रतिकात्मक रूपमा आफ्नो मन्त्रीको पद तथा कुर्सी हस्तान्तरण गरेको मन्त्री यादवले बताए ।

अन्तरराष्ट्रिय बालिका दिवसको अवसर पारेर प्लान इन्टरनेसन नेपालले विकासको कामसहित बालिका, किशोरी तथा महिलाको सशक्तीकरण गर्ने अभियान अन्तर्गत विभिन्न पदहरूमा बालिकाहरूलाई पदासीन गराएर उनीहरूको आत्मबललाई बलियो बनाउने प्रयास गरिरहेको छ ।

खातुनले सामुदायिक विद्यालयमा भएका समस्या तथा समाधानको विषयमा मन्त्री यादवलाई जानकारी दिँदै समाधानका लागि प्रयास गर्न आग्रह गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय