काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले १७ वटा नगरपालिकाले कुनै निजी कम्पनीको पैसा खाएर बसालेको बैठक आफूले बहिस्कार गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा भएको बैठक बहिस्कार गर्दै बैठकको सभापतित्व गरेका ललितपुरका मेयर चिरिबाबु महर्जनको अपमान गरेको भन्ने समाचार सार्वजनिक भएपछि बालेनले सामाजिक सञ्जालमार्फत् आफूले कसैको अपमान नगरेको बताएका छन् ।

उनले भनेका छन्, “नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नु भएको तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पूरै देश बेच्नुभयो भने पनि काठमाडौं एक्लै भए पनि नेपाल भनेर उभिनेछ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय