पुष्पराज खतिवड
१८ कार्तिक मनहर्वा,बारा :जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ को डकाहा पैनीटोलमा आयोजित प्रथम वडाअध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी आयोजक मित्र यूवा क्लब डकाहले जितेको छ ।

शनिबार डकाह स्थीत खेल मैदानमा भएको फाईनल खेलमा वडा नं.१८ को मौवादेवी यूवा क्लब बडहर्वालाई ३ शुन्य गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधी उचालेको हो ।

प्रथम पुरस्कार रकम रु ५० हजार सहित उस्ले टफी हात पारेको छ । भने उपविजेता मौवादेवी यूवा क्लब बहर्वाले २५ हजार नगदमा चित्त बुझाएको छ ।

आयोजकका लागि खेलको ५ औं मिनटमा अमित बछारले पहिलो गोलगर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ४६ औं मिनटमा मित्र यूवा क्लबका खेलाडीको प्रहार रोक्ने क्रममा मौवादेवीका खेलाडी सागर चौधरीको खुट्टाबाट चिप्लीएको बल आफ्नै पोष्ट छिर्दा आत्माघाती गोल हुन पुगेको थियो । भने खेलको अन्तीम समयमा आयोजकका खेलाडी अन्जन बछारले गोल गरेपछी जित फराकीलो बनेको थियो ।

प्रतियोगिता अवधिमा सर्वाधिक गोलकर्ताको उपाधी आयोजक टिमका कृपाकान्त चौधरीले पाए । उनले प्रतियोगितामा सबैभन्दा धेरै ६ गोल गरेका थिए । यस्तै प्रतियोगिताको उत्कृष्ठ खेलाडी आयोजककै अमित बछारले पाएका पाएका छन् । उनले ट्रफी हात पारे ।

आयोजक टिमले सोही वडाको टाँगियाबस्तीको ओझेल यूवा क्लबलाई र मौवादेवीले कोल्हबी नगरपालिका वडा नं.४ जुगवा स्थीत प्रगती यूवा क्लबलाई पराजित गर्दै फाईनल प्रवेश गरेका थिए ।

दुबै टिमले आफ्ना प्रतिस्पर्धीलाई ट्राईबेकरमा पराजित गरेका थिए । निर्धारित समयमा खेल बाराबरि भएपछि खेल ट्राईबेकरमा गएको थियो ।

वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको विजेता एवं उपविजेता टिमका साथै खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी वडा नं.१६ का अध्यक्ष हरिदेव खरेलले पुरस्कार प्रदान गर्नु भएको थियो ।

विजयादशमी, दिपावली एवं छट पर्वको अवसरमा गत असोज २२ गतेबाट जारी प्रतियोगिता कार्तिक ३ गते समापन गर्ने तालिका थियो । तर प्राविधिक कारण देखाउँदै आयोजकले ४ गतेका लागि फाईनल खेलको मिति तय गर्यो ।

मौवादेवी यूवा क्लबले सो मितिमा खेल खेल्न ईन्कार गरेको थियो । दशैंपछि पटकपटकको छलफलबाट भएको सहमतीमा आजका लागि फाईनल खेलाईएको आयोजक क्लब मित्र यूवा क्लबका अध्यक्ष गुणराज मगरले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय