कलैया १९, कार्तिक । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आइतबारदेखि बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ४, बरियारपुररोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

यो सँगै मधेश प्रदेशमा यो बैंकको २१ वटा शाखाहरु भएका छन् । कलैया उपमहानगरपालिकाका मेयर विनोद साह र बैंकका कार्यकारी प्रमुख ज्योतीप्रकाश पाण्डेले संयुक्त रुपमा नयाँ शाखाकोे उद्घाटन गर्नु भयो । उद्घाटन गर्दै मेयर साहले आर्थिक कारोबार अब बैंकमार्फत् नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताउनु भयो ।

कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष रामेश्वर यादव, उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह तेली, लगायत स्थानीय बुद्घिजिवी तथा सर्वसाधारणको उपस्थिति रहेका थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि, विषेश अतिथिहरुले बैंकिङ सेवाको पहुँच बाहिर रहेको कलैया तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने बताउनुभयो ।

बैंकका कलैया शाखा प्रमुखले सेवाग्राहीहरुलाई यस शाखामार्फत् बैंकले प्रभावकारी सेवा दिइने बताउनु भयो । हाल बैंकले २६१ शाखा कार्यलय र ६२ वटा एक्सटेन्सन काउन्टरमार्फत् सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय