पुष्पराजज खतिवडा
२१ कार्तिक ,बारा : गत सुक्रबार जजारकोटमा गएको विनाशकारी भुकम्पबाट प्रभावितहरुमा राहत सहयोगका लागि जिल्लाको साना किसान कृषि सहकारी संघ लिमिटेड बाराले ३ लाख ५५ हजार ३३२ रुपैंया रकम सहयोग गर्ने भएको छ । मंगलबार जिल्लाको डुमरवानामा बसेको संघको बैठकले जिल्लाका १५ वटा प्रारम्भिक साना किसान कृषि सहकारी संस्थाहरुको सहयोगमा उक्त रकम संकलनगरी सहयोग गर्ने निर्णय गरेको जनाएको हो ।
साना किसान अभियानबाट नेपाल सरकार मार्फत भुकम्प पिडित परिवारमा राहत वितरण गर्नेगरी सहयोग गर्ने निर्णय भएको कृषि संघ बाराका अध्यक्ष मिश्रीलाल सहनीले जानकारी दिनु भयो ।
भुकम्पबाट पश्चिम नेपालमा ठुलो जनधनको क्षेती भएको छ । प्रभावित क्षेत्रमा समेत साना किसान कार्यक्रम संचालनमा छ । त्यहाँ धेरै साना किसान सदस्यहरुमा ठुलो क्षेती पुगेको अवस्थामा भुकम्पको प्रभाव नपरेको बाराका साना किसान सहकारीहरुबाट रकम संकलन गरी पठाउन लागिएको हो, वहाँले भन्नु भयो ।
जस्मा जिल्लाको साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाले रु७१,१११।, तेतरियाले रु५१,१११।, फत्तेपुरले रु३५,०००।, ईनर्वासिराले रु३०,१५१। प्रदान गर्ने भएका छन् । यस्तै प्रसौनाले रु२५,५५५।, सपहिले रु२५५५१,मनहर्वाले रु२५,०००।, भोडहाले रु२१,०००। छातापिपराले रु१५,१५१।, अमाव रु१०,१५१।,सिम्रौनगढले रु१०,१००।,कचर्वाले रु१०,१००।,मोतीसरले रु१०,१००।, प्रसौनीले रु१०१००।, हरैया बाराले रु५१५१। प्रदान गर्ने भएका हुन् ।
साना किसान सहकारी संस्थाहरुको छाता संस्था नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडको अगुवाईमा राहत संकलन भई वितरण समेत भैरहेको छ । यसै अभियानलाई बाराका साना किसान सहकारीहरुले पनि सहयोग गर्न लागेको संघकी उपाध्यक्ष नयनकला खड्काले जानकारी दिनुु भयो ।
जिल्लाका साना किसान कृषि संस्थाहरुले २०७२ सालको भुकम्प, सुनकोसी पहिरो, बारा टार्नाडोमा समेत पडितका लागि राहत प्रदान गरेका थिए । सामाजिक उत्तरदायित्व अन्तर सहकारीहरुले ठुला साना विपत्तीमा पिडितलाई सहयोग गर्दै आईरहेको वहाले बताउनु भयो ।
उल्लेखित रकम बुधबार संकलन गरी विहिबार पठाईने छ, खड्काले भन्नु भयो ।