२२ कार्तिक ,बारा: जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ बडहर्वामा रहेको मौवादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बडहर्वामा एक महिना नवित्दै दोस्रो पटक चोरी भएको छ ।

अज्ञात चोर समुहले दोस्रोपटक गएराती कार्यालय फोरी त्यहाँ रहेको १३ हजार ३२० रुपैंया चोरी लगेको संस्थाले जनाएको छ । बुधबार विहान संस्थाका अध्यक्ष नारायण प्रसाद घिमिरेले कार्यालयको मुल ढोकामा ताला नलागेको देखेपछि नजिक नजिक गई हेर्दा ढोका फोरिएको पाईयो । त्यस लगतै  प्रहरीलाई खबर गरेका थिए ।

चोर समुहले कार्यालयको मुख्य ढोकामा लागाएको ताला, कार्यालय प्रमुखको कोठाको ताला फोडी भित्रपसि तहाँ रहेका दराज तथा टेबुलका घर्रा फुटाई तहाँ रहेको १३ हजार ३२० रुपैंया चोरी लगेको अध्यक्ष घिमिरेले जानकारी दिनु भयो ।

यसअघि गत असोज २८ गते राती सोही सहकारी संस्थामा चोरी भएको थियो । त्यसबेला त्यसैगरी कार्यालयको ढोका फोरी भित्र पसेर चोर समुहले संस्थामा रहेको नगद रु ३ लाख १७ हजार १९२ रुपैंया चोरी लगेका थिए । उक्त घटना भएको २४ दिनपछी अर्को चोरीको घटना भएको वहाँले बताउनु भयो ।

पछिल्लो समय बडहर्वामा श्रृंखलाबद्ध चोरीका घटना भैरहेका छन् । यो चिन्ताको विषय भयो ,स्थानिय जगदिप कोईरालाले भन्नु भयो ।

सहकारी संस्थामा चोरी भएको घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय