काठमाडौं । फुटबल यस्तो खेल हो, जुन अन्य धेरै खेलहरूजस्तै विश्वभरका मानिसहरूको मनमा बस्न सफल भएको छ । फुटबलको भाषा सहज छ, जसका कारण यो खेल सबैले बुझ्दछन् । वास्तवमा फुटबलको समृद्ध इतिहास छ, जसका कारण यो विश्वको कुनै पनि संस्कृतिको एउटा अभिन्न अंग बन्न सक्यो । मानिसहरू फुटबललाई आफ्नो भावनासँग पनि तुलना गर्छन् ।

यही कारण मानिसहरू आफूले समर्थन गर्ने टोलीको जित र हारमा कहिले खुसी हुन्छन् त कहिले आँसु खसाउँछन् । समर्थकहरू फुटबल खेलमा आफ्नो टोलीले जितोस् भन्ने नै चाहन्छन् । तर, खेलमा हारजित हुन्छ र नतिजालाई सबैले सम्मान गर्नुपर्छ । यद्यपि कहिलेकाहीँ फुटबलसँगको भावनात्मक सम्बन्ध पागलपनमा पनि परिणत हुनसक्छ । जुन खतराको संकेत हो ।

अर्जेन्टिनामा गत शनिबार कोपा लिबेर्तादोरेसको फाइनल खेल सम्पन्न भयो । उक्त खेलमा बोका जुनियर्स क्लब फ्लुमिनेन्ससँग २–१ ले पराजित हुन पुग्यो । २३ वर्षका मार्सेलो मोरालेस बोका जुनियर्सका कट्टर प्रशंसक थिए । आफ्नो टोलीले फाइनल खेल हारेपछि उनले आत्महत्या गरिदिए । मोरालेस अर्जेन्टिनाका प्रहरी थिए ।

क्रोनिका टेलिभिजनका अनुसार मोरालेसले सानैबाट समर्थन जनाएको टोली बोका जुनियर्सले खेलमा हारेपछि त्यो वास्तविकतालाई उनले सहनै सकेनन्, हार स्वीकार गर्न नसकेपछि उनले आत्महत्या गरेको पाइएको छ । यो खबरले विश्व फुटबल जगत नै शोकमा डुबेको छ । वास्तवमा फुटबल खेललाई प्रतिस्पर्धा र बदलाको भावले भन्दा पनि मनोरञ्जन र मित्रताको दृष्टिकोणबाट हेरिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय