
पुष्पराज खतिवडा
बारा,२३ कार्तिक : प्रहरीले दुईथान साना हतियार र १० थान गोली सहित विहिबार विहान ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं.११ भगवानपुर बस्ने रुपलाल पटेलको छोरा ४० बर्षका उपेन्द्र पटेल,उनका भाई २७ बर्षको धिरेन्द्र पटेल, सोही ठाउँ बस्ने ढोडा राउतको छोरा ६२ बर्षका रुपलाल पटेल छन् ।


यस्तै रौतहट जिल्लाको बौधीमाई नगरपालिका वडा नं. २ बस्ने बिन्देश्वरी पटेलको छोरा ४४ बर्षका राजमंगल पटेल र सोही ठाउँ बस्ने पाचु राउतको छोरा ८० बर्षिय सोभा राउत भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उपेन्द्र पटेलले अबैध हतियार लुकाई राखेको सुचनाका आधारमा विहिबार विहिान ८ बजेको समयमा उनको घरमा प्रहरी पुगेर खनतलास गर्दा दुईथान साना हतियार सहित १० थान गोली फेला परेको थियो ।
प्रहरीले पटेलको घरबाट एक थान रिभाल्वर, सोको गोली ७ थान, एक थान नलकटुवा पेस्तोल र सोको गोली १ थान १ फेला पारेको छ । यसैगरी केएफ १२ लेखिएको गोली, जंगी राउण्ड २ थान बरामद भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको विशेष प्रहरी टोलीले पटेलको घरमा खनतलासी गर्दा कालो रंगको पोलिथिन झोला भित्र सेतो कपडाले बेरी लुकाई छिपाई राखेको अवस्थामा हतियार फेला पारेको हो ।
पक्राउ परेका उपर हातहतियार खरखजना मुद्दामा थप अनुसन्धान कार्य भैरहेका डिएसपी दधिराम न्यौपानेले जानकारी दिनु भयो ।