काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । शुक्रबार सूचना जारी गर्दै खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ स्थायी पदपूर्ति गर्नेगरी प्राधिकरणले दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले अनलाइनमार्फत् मंसिर १४ गतेसम्म आवेदन दिनुपर्नेछ । प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एकजना प्रवन्धक मागेको छ ।

३ जना उपप्रवन्धक, सहायक निर्देशक, सहायक प्रवन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो ।

प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय