काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको अभियानले आयोजना गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ ।

प्रसाईं नेतृत्वका प्रदर्शनकारी बल्खुबाट सिंहदरबारतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । जुलुस सिंहदरबार जानका लागि भन्दै कालीमाटीतर्फ प्रस्थान गर्न लाग्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

अश्रुग्यास प्रहार भएपछि आन्दोलनकारीमा भागभाग मच्चिएको छ । प्रदर्शनकारीहरु फेरि अघि बढ्न थालेपछि प्रहरीले पानीको फोहोरा हानेको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय