काठमाडौं । सरकारले विद्युतीय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आजकै बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने ४.४६५ मिलियन स्वीस फ्रैंक (करिब ६५ करोड रूपैयाँ) अनुदान स्वीकृत गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् । त्यस्तै सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी गठन भएको जाँचबुझ आयोगमा प्राविधिकसहितको चार जना जनशक्ति थप गर्ने निर्णय गरेको छ । आयोगले जनशक्ति थप गर्न सरकारसँग माग गरे अनुसारको निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् ।

जन्ममिति किर्ते प्रकरणमा मुछिएपछि राजीनामा बुझाएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गरेको छ । २०८० कात्तिक २४ गतेबाट लागु हुनेगरी स्वीकृत गरिएको मन्त्री शर्माले जानकारी दिइन् । त्यस्तै उर्जासचिव दिनेशकुमार घिमिरेले पनि पदावधि सकिनुभन्दा एक महिना अगाडि नै दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय