काठमाडौं । एमाले सचिव योगेश भट्टराईको ताप्लेजुङ सदरमुकामस्थित घरअगाडि पहिचानवादीहरूले प्रदर्शन गरेका छन् ।
आइतबार बिहान पहिचानवादीहरूले कालो झण्डासहित फुङलिङस्थित भट्टराईको घरअगाडि प्रदर्शन गरेका हुन् । दसैं, तिहार, छठ लगायत चाडपर्वका अवसरमा एमाले ताप्लेजुङ कमिटीले आइतबार चियापान कार्यक्रम आयोजना गरेको छ ।
सोही कार्यक्रमका लागि प्रतिनिधि सभा सांसदसमेत रहेका भट्टराई र कोशी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बो ताप्लेजुङ पुगेका थिए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक कमल लुङ्गेलीका अनुसार करिब ७० जनाको संख्यामा पहिचानवादीहरू भेला भएका छन् ।

‘आज बिहान उहाँ (भट्टराई) को घरअगाडि र अहिले पार्टी कार्यालय अगाडि पहिचानवादीहरूले प्रदर्शन गरेका छन्’ उनले भने ।
कोशी प्रदेश नामकरणमा हस्ताक्षर गर्ने सांसदहरूलाई पहिचानवादीहरूले विरोध गर्दै आएका छन् । कोशी प्रदेश लेखिएको ब्यानरसहित सांसदहरूलाई उपस्थित गराएर कार्यक्रम नगर्न पहिचानवादीहरूले चेतावनी दिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय