
११ मंसिर,बारा:कलैया उपमहानगरपालिका वडा नं.२४ले स्थानिय महिला स्वास्थ्य स्वयम् सेवीकाहरुलाई साईकल प्रदान गरेको छ । सोमबार वडाको सखुई स्थीत सुरत स्वास्थ्य चौकीमा एक कार्यक्रमका विच वडाअध्यक्ष हिरालाल चौधरीले स्थानिय ३ जना स्वयम् सेविकालाई साईकल प्रदान गर्नु भएको हो । स्वयम् सेविकाहरुलाई आफ्नो काममा खटिन सहज होस् भन्ने उदेश्यले साईकल प्रदान गरिएको वडा अध्यक्ष चौधरीले बताउनु भयो ।
यस्तै सोही अवसरमा वडा कार्यालयको सहयोगमा वडाभरीका गर्भवती महिलाका लागि पोषणयूक्त खाध्यान्न (प्रोटिन पाउडर) वितरण गरिएको छ । गर्भ परिक्षणका लागि स्वास्थ्य संस्थामा आउने महिलाहरुलाई प्रदान गर्ने गरी हाल एकसय थान प्रोटिन पाउडर सुरत स्वास्थ्य चौकीमा उपलब्ध गराईएको उहाँले जानकारी दिनु भयो ।


बार्षिक सरदर ९२ जना गर्भवती महिला गर्भ परिक्षणका लागि स्वास्थ्य संस्थामा आउने गरेको रेकर्डका आधारमा उक्त परिमाणको पौष्टिक पाउडर वडा कार्यालयले उपलब्ध गराएको हो, वडा अध्यक्ष चौधरीले भन्नुभयो ।
उक्त अवसरमा सुरत स्वास्थ्य चौकीका प्रमुख अहेब राजकिशोर प्रसाद यादव, स्थानिय सामाजिक अगुवा रामअयोध्या प्रसाद यादव,रघुबर यादव,वडा सदस्य जियालाल चौधरी लगायतको उपस्थिती थियो ।