काठमाडौं । प्रहरीले काठमाडौंको गौशालाबाट धर्मगुरू भनिने आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ । दुर्गा प्रसाईं पक्षले सोमबार गौशाला क्षेत्रमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा आचार्य श्रीनिवासले पनि बोलेका थिए ।

प्रदर्शनकारीहरूले गौशाला चोकमा सडक अवरूद्ध गरेको र प्रहरीलाई लक्षित गरी ढुंगामुढा गरेको भन्दै प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा आचार्य श्रीनिवासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

आचार्य श्रीनिवासलाई नियन्त्रणमा लिएर गौशाला प्रहरीमा राखिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए । उनीमाथि मुद्दा चलाउने प्रहरीको तयारी छ । सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै उनीमाथि मुद्दा चलाउने तयारी गरिएको हो ।

यसअघि नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुको साथै हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले गत असोजमा आचार्य श्रीनिवासलाई पक्राउ गरेको थियो । हिन्दुको विरोध गर्ने र गौहत्या गर्नेलाई खुकुरीले काट्न उक्साउँदै उनले त्यसको अभिव्यक्ति दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय