टोकियो । जापानको याकुसिमा टापुमा आठ जना व्यक्ति सवार अमेरिकी सेनाको विमान दुर्घटनाग्रस्त बनेको छ । जापानका तटरक्षकका अनुसार उद्धारकर्मीले एक व्यक्तिलाई भेटेका छन्, जसले सास फेर्न सकिरहेका छैनन् ।

अन्यको अवस्थाबारे हालसम्म केही खुलाइएको छैन । स्थानीय सञ्चारमाध्यमले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै भनेका छन् कि विमानको अवशेष याकुसिमामा भेटिएका छन् । याकुसिमाको एयरपोर्टमा अवतरण गर्ने प्रयास गरिरहँदा उक्त अस्प्रे विमानको बायाँ इन्जिनमा आगो लागेपछि त्यो दुर्घटनाग्रस्त बनेको एपीले जनाएको छ ।

उक्त विमान यामागुची क्षेत्रको इवाकुनी बेसबाट ओकिनावाको काडेना बेसतर्फ उडेको थियो । दुर्घटनापछि नै घटनास्थलमा ६ वटा डुङ्गा र दुईवटा हेलिकप्टर पठाइएको थियो । जापानमा ५० हजारभन्दा बढी अमेरिकी सेना तैनाथ छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय