काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सबइन्जिनियर टीकाराज राईलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराएबापत सेवाग्राहीबाट लिएको ८० हजार रुपैयाँ घुससहित राईलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

अख्तियारले उनलाई बूढानीलकण्ठ नगरपालिका–७ बाट नियन्त्रणएको हो । उनीबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय