सिमरा । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानामा रहेको डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाकाे आज २८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष टिकाराम न्यौपानेको सभापतित्वमा कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि जितपुरसिमारा उमनपाका नगर प्रमुख राजन पौडेलले कार्यक्रमको उद्घाटन गरे ।

जिल्लाको डुमरवाना, फत्तेपुर, बडहर्वा लगायतका गाउँबाट संकलन गरिएको दुध वीरगञ्ज हेटौंडा, रौतहटको चन्द्रपुर लगायतका सहरहरुमा बिक्री हुँदै आएको छ । यस क्षेत्रका किसानले प्रसस्त मात्रामा दुध उत्पादन गरे पनि दुग्ध सहकारीले किसानलाई उचित मूल्य दिन नसकेको सेयर सदस्यहरुले जुरेली न्यूजसँग गुनासो गरेका छन् ।

सोही संस्थाका अगुवा किसान रोशन अधिकारीले आफूहरुले दुधको उचित मूल्य नै नपाएको भन्दै दुधको फाइदा जति कर्मचारीको बोनसमा खर्च गरिएको बताए । उनले किसानसँग कुनै छलफल नै नगरी प्रबन्धक र कर्मचारीको तलव वृद्धि गरिएकोले किसान घाटामा जानु परेको उनको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय