१७ मंसिर ,बारा

डुमरवाना भेट्रान क्लबको आयोजनामा मंसिर १९ गते देखी भेट्रान कप फूटबल प्रतियोगिता हुने भएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ स्थित डुमरवाना खेलमैदानमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता बारे जानकारी गराइएको हो ।

प्रतियोगितामा आयोजक डुमरवाना भेट्रान  सहित १२ वटा टिमले भाग लिएका छन्  ।

यसैगरी हरिवन युवा क्लब सर्लाही ,थारु भेट्रान एफ.सी.बारा,एन. जे.जे. वाइ.सी. सिमरा , बकुलिया भेट्रान बकुलिया बारा, श्री सगरमाथा युवा क्लब बगही पर्सा, नागसोती भेट्रान हेटौंडा ,बिरगंज सिटी क्लब पर्सा,अभिसेष चर्च भेट्रान नवलपरासी , बिरगंज युनिटी क्लब पर्सा, सिमरा भेट्रान सिमरा र खैरवा भेट्रान खैरवा बाराले सहभागिता जनाएका छन् ।
२५ गते सम्म संचालन हुने प्रतियोगितामा पहिलो हुने  टिमले १ लाख र दोस्रो हुने टिमले ५० हजार नगद एवं ट्रफी प्राप्त गर्नेछन् ।
जितपुरसिमरा उपमहानगरपालिका , १५ नं. वडा कार्यालय र स्थानीयको आर्थिक सहयोगमा प्रतियोगिता संचालन हुन लागेको डुमरवाना भेट्रानका अध्यक्ष भरत पौडेलले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तरगतको पहिलो खेल यही १९ गते मंगलबार १ बजे आयोजक डुमरवाना भेट्रान र श्री सगरमाथा युवा क्लब बगही पर्सा बिच हुने उहाँले बताउनु भयो ।

पत्रकार सम्मेलनमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ का अध्यक्ष रामप्रसाद लामिछाने , कार्यपालिका सदस्य प्रलाहद कुमार साह, बिदुर खड्का , प्रदीप गौतम लगायतको सहभागीता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय