काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले मन्त्री परिवर्तनको हल्लामात्रै भएको बताएका छन् । उनले सरकार बनेदेखि नै यस्ता हल्ला भएको र गृहमन्त्री परिवर्तनको कुरा हल्लामात्रै भएको बताएका थिए ।

कोप सम्मेलनबाट फर्किने बेलामा उनले यस्तो बताएका हुन् । ‘सरकार गठन भएका बेलादेखि नै मन्त्रिपरिषद् पुनर्गठन भन्ने हल्ला धेरै भयो,’ उनले भने, ‘गठबन्धनभित्र सोचिएको पनि छैन । सरकार गठन भएदेखि नै गृहमन्त्री परिवर्तन भन्ने कुरा भएको थियो, त्यस्तो होइन, मेरो दिमागमै छैन मन्त्री परिवर्तन गर्ने कुरा ।’ उनले एनसेल खरिदबिक्रीका सम्बन्धमा आफूले कुरा नबुझेको र बुझेपछि जानकारी गराउने बताए ।
“एनसेलवाला कुरा बुझेको छैन । बुझेपछि भनौंला,” उनले भने ।

उनले आफू दुई घण्टाअघि दुबई जाँदा ३१ नेपाली छुटेको सम्बन्धमा दुःख लागेको बताउँदै भने, “छुट्ने जानकारी पाएको भए म दुई घण्टा अघि जाने थिइनँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय