
पुष्पराज खतिवडा
१८ मंसिर,बारा:लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा एकदिने लंैगिक हिंसा विरुद्ध किशोरकिशोरी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार जितपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा पालिकाको वडा नं.१८ स्थीत बडहर्वा स्कुलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको वडा अध्यक्ष चतुरबाबु वाग्लेले उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी वाग्लेले लिंगकै आधारमा कसैमाथी हिंसा गर्नु अपराध हुने बताउनु भयो । हिंसालाई कसैले बढावा दिन हुँदैन र सहनपनि हुँदैन । हिंसाका विरुद्ध कानुनी उपचार खोज्नु पर्छ, उहाँले भन्नुभयो । माध्यमिक विद्यालयको ८, ९, १०, ११ र १२ कक्षामा अध्यायनरत छात्रछात्राहरुलाई कार्यक्रममा सहभागी गराई हिंसाका प्रकार र न्यूनिकरणका उपायको खोजी गरिएको थियो ।


सहभागिहरुलाई समुहमा विभाजन गरी महिला तथा पुरुषले गर्ने दैनिक कार्यका विषयमा छलफल गराई प्रस्तुतीकरण समेत गराईएको थियो । वडा नं.१४,१५,१६,१७ र १८ मा रहेका आधारभुत तह देखी माध्यमिक तहका विभिन्न विद्यालयका ५० जना छात्रछात्राको कार्यक्रमा सहभागिता रहेको थियो ।
कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका सदस्य बुद्ध कुमारी अधिकारी, पवित्रामाया कार्की, प्रभावती देवी पास्वान,नगरसभा सदस्य सोममाया रिमाल लगायतको सहभागिता थियो ।
सहभाागिलाई जितपुरसिमरा उपमहानगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाकी प्रमुख दुर्गा न्यौपाने र दोभाषे सहजकर्ता रेखा श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।
नगरपालिकाले पालिका सबै वडालाई समेटने गरी अमललेखगजं, बडहर्वा, बकुलिया, छातापिपरा, हरपुर, पथलैया र पालिका परिषरमा गरी ७ ठाउँमा कार्यक्रम गर्ने जनाईएको छ । निर्धारित कार्यक्रम अनुसार सोमबार बडहर्वामा कार्यक्रम भएको हो ।
मंसिर १६ गते अमलेखगजंबाट सूरु भएको कार्यक्रम २४ गते जितपुरमा समापन गरिने कार्यक्रमकी सहजकर्ता न्यौपानेले जानकारी दिनु भयो ।