प्योङयाङ । उत्तर कोरियाले गत नोभेम्बर २१ का दिन जासुसी भूउपग्रह अन्तरिक्षमा तैनाथ गरेपछि उसले विश्वलाई निगरानी गर्ने सामथ्र्य राखेको छ । त्यहाँका सर्वोच्च नेता किम जोङ उनले आफ्नो जासुसी भूउपग्रह मालिगङ्योङ–१ ले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस र त्यहाँको रक्षा मन्त्रालय पेन्टागनको तस्वीर पनि खिचिसकेको बताउन थालेका छन् ।
किमले अमेरिकी महत्वपूर्ण स्थानको तस्वीर र जानकारी आफूसँग छ भन्नुको अर्थ उसले अमेरिकालाई उत्तर कोरियालाई कम नआँक्न सचेत गराएका हुन् । उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार उनीहरूको भूउपग्रहले अमेरिका र दक्षिण कोरियाको निगरानी गर्नेछ । भूउपग्रह कार्यक्रममा सफल भएको अवस्थामा उत्तर कोरियाले शनिबार मात्र अमेरिका लक्षित चेतावनी पनि जारी गरेको छ ।

उत्तर कोरियाले आफ्नो ‘अन्तरिक्ष सम्पत्ति’मा कुनै पनि अमेरिकी हस्तक्षेपलाई ‘युद्धको घोषणा’ मानिने प्योङयाङको भनाइ छ । केसीएनएमा प्रकाशित समाचार अनुसार प्योङयाङको भूउपग्रहमा अमेरिकाको सम्भावित हस्तक्षेप वा आक्रमणलाई उत्तर कोरियाले युद्धको घोषणा मान्ने उल्लेख छ ।

प्योङयाङले आफ्नो पहिलो जासुसी भूउपग्रह अन्तरिक्षमा तैनाथ गरेको दुई हप्तामै यस्तो चेतावनी जारी गरेको हो । वास्तवमा दक्षिण कोरिया, अमेरिका र जापानको संयुक्त युद्ध अभ्यासलाई उत्तर कोरियाले आफ्नो देशमाथिको आक्रमणको योजना भन्ने गरेको छ ।

उनीहरूबाट उत्पन्न हुने खतरालाई पत्ता लगाउन उत्तर कोरियाले जासुसी भूउपग्रह अन्तरिक्षमा पठाएको बताउने गर्छ । उत्तर कोरियाली भूउपग्रहले आफ्नो देश वरपरको सैन्य गतिविधि निगरानी गर्नेछ । उत्तर कोरियाले जासुसी भूउपग्रह प्रक्षेपण गरेको केही समयमै दक्षिण कोरियाले पनि अन्तरिक्षमा जासुसी भूउपग्रह पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय