जनकपुरधाम । प्रहरीले सर्लाही र सिरहामा गाँजा खेती फँडानी गरेको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ पिपलदमार डाँडापाखामा गरिएको पाँच विघा गाँजा खेती आइतबार नष्ट गरेको सर्लाही प्रहरीले जनाएको छ । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पन्जियार थारुको कमाण्डमा खटिएको टोलीले गाँजा फडानी गरी नष्ट गरको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यस्तै सिरहा प्रहरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजाका १५ सय बोट आइतबार नष्ट गरेको जनाएको छ । सिरहा सदरमुकाम, लहान, मिर्चौया, कर्जन्हा, धनगढीमाई लगायत स्थानमा लगाएको गाँजा नष्ट गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए । अनलाइन खबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय