काठमाडौँ: नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज स्पोर्टिङ इलाम एफसी र वीरगन्ज युनाइटेड एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौँ स्थित दशरथ रङ्गशालामा हुने खेल साँझ पाँच बजे सुरु हुनेछ ।

यसअघि हिजो साँझ भएको खेलमा झापा एफसीले पहिलो जित दर्ता गराएको थियो। झापाले आफ्नो पाँचौँ खेलमा एएफसी बुटवल लुम्बिनीलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

यो जितसँगै झापाले पाँच अङ्क जोडेको छ । यसअघि भएका चार खेलमा झापाले तीन बराबरी तथा एक खेलमा हार ब्यहोरेको थियो । त्यस्तै प्रतियोगितामा ६ खेल खेलेको बुटवलको ७ अङ्क बटुलेको छ । रातो पाटीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय