सिमरा सम्बादाता: बारा जिल्लाको जितपुरसिमारा उपमहानगर पालिका वडा नम्बर ४ स्थित औराहा बिमान स्थल नजिकको सडमा टिपरले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ।

सिमरा सेजको माटो बोक्ने प्र २(० ३००१ ख ५०९२ नम्मरको टिपरले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार सोही पालिका वडा नम्बर १५ सुकलैयाकी ४० बर्षिय कृष्णमाया तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमाराका प्रमुख प्रहरी नायब उपरिक्षक प्रदीप बहादुर क्षेत्रीले जुरेली न्युजलाई बताएकाछ्न।

त्यस्तै सोही वडामा बस्ने मोटरसाइकल चालक ५० बर्षिय श्याम तामाङ सहित ८ बर्षिय बालक प्रियान्सु अधिकारी पनि गंभिर घाइते भएको प्रमुख प्रहरी नायब उपरिक्षक क्षेत्रीले बताए ।

घाइते भएका दुबै जनालाई सिमारा स्थित एक अस्पतालमा उपचार भैरहेको छ । टिपर प्रहरीकोे नियन्त्रणमा रहेको छ भने सो टिपरका चालक फरार रहेका छ्न । र उनको खोज तलाश भइरहेको प्रहरी नायब उपरिक्षक क्षेत्रीले जुरिली लाई जानकारी दिएका छ्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय