
बारा सिमाराः जितपुरसिमारा उपमाहानगर पालिका वडा नं ३ का वडा अध्यक्ष तारा बाहादुर कार्की घुस सहित रंगेहात पक्राउ परेका छ्न।
अख्तियर दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलिले जितपुरको जयसवाल होटेलमा एक घर जग्गा कारोबारी संग घरबाटो सिफारिसको लागि भन्दै ५ लाख नगद मागेपछी उनलाइ नगद सहित प्रकाउ गरिएको अख्तियार स्रोतले जनाएको छ।


सिमरा घर भएका घरजग्गा कारोबारी राजन उप्रेती संग अध्यक्ष कार्कीले यस अघि पनि पटक पटक घुस मागेको र यस पटक आफू निकै पिडित भएकोले अख्तियार टोलिलाइ खबर गरेको उनले बताए।