जुरेली न्युज डेस्कः रौतहट जिल्लको मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह सहित १२ जनाको विरुद्धमा जिल्ला प्रशासन रौतहटमा उजुरी परेको छ।

उक्त नगरपालिका कै वडा नम्बर ३ मा बस्ने हरेन्द्र यादवले गम्हरिया माध्यमिक बिद्यालयमा निर्माण भइरहेको भवन निर्माणको कार्यमा गुणस्तरहीन सामग्री प्रयोग तथा कमसल काम गरिरहेको भन्दै उनीहरु बिरुद्ध उजुरी दिएको हो।

कमसल काम गरेको तथा काम भन्दा बढी रकमको विल भरपाई गरेको आरोप लगाउँदै सो नगरपालिकाको नगर कार्यालयको प्रविधिक दिपेन्द्र दास, वडा नम्बर ३ बस्ने उपभोक्ता अध्यक्ष छविलाल साह कानु, उक्त भवन निर्माण उपभोक्ता समितिको अध्यक्ष छविलाल साहको भाई कामेश्वर साह कानु, उपभोक्ता समिति को कोषाध्यक्ष देवनाथ बैठा,उपभोक्ता समितिको अध्यक्षको नातेदार ठेक्दार मिस्त्री विन्दा साह कानू, निज विन्दा साहको छोरा अजय साह, सो वडाको वडा अध्यक्ष दोस्रो भवन निर्माणको जिम्मा लिएका महेश महतो कोइरी,निज वडा अध्यक्षको भाई दिनेश महतो कोइरी,ऐ बस्ने ओमप्रकाश महतो कुशवाहा, राजनारायण राय यादव,विन्दालाल राय यादवमाथि उजुरी परेको छ।

सो उजुरी पत्रमा “जिल्ला रौतहट पतौरा गा. वि. स. वडा नं ८ हाल कायम मौलापुर न.पा. वार्ड नं.३ गम्हरिया टोलमा स्थित धेरै पुरानो विगत २०१७ सालमा मेरो बुवा जादोलाल राय यादवले नै विधालय खोली सरकारी स्वीकृती पाई साविकमा प्रा. बि. बाट नि.मा. बि. संचालन हुदै हाल केही वर्ष देखि माध्यमिक विधालय गम्हरियाको नामले संचालन समेत भई आएको सो विद्यालय भवन पुरानो भई हाल नयाँ जग्गा खरिद गरि ८८ कोठाको २ थान विधालय भवन निर्माण गर्ने गरी नेपाल सरकारबाट बजेट निकासा भई १ करोड ३९ लाखमा १ विल्डीङ ८ कोठाको वनाउने र अर्को स्कूल विल्डीङ पनि त्यतिकै लागतमा दोश्रो विल्डीङ वनाउने तय भई निज विपक्षीहरुले भवन बनाउन जिम्मेवारी लिई निज विपक्षीहरु दुवै भवनको उपभोक्ता समितिमा आफनै आफनै परिवारका दाजु भाई बसी हाकीमहरु आपसमा मिली सो भवनमा योजना अनुसारको सामानहरु प्रयोग नगरि गलत २ न डुब्लीकेट पातलो छड र गुणस्तर सिमेन्ट पनि नहाली सिमेन्टको मात्रा नै न्युन गरि ढलान गरेका पिलर दिवाल बाट आफै हातले छाम्दा ढलान फुटने झर्ने गरेको हालको ताजा पिलर नै ज्यादै कमजोर जोडेको निर्माण ज्यादै खराव ढंगले भई रहेको र रकम निकाल्दै विपक्षीहरुले भाग बण्डा गरि खाई आएका हुँदा सो भवनको निर्माण कार्य तत्काल रोक्का गरि निर्माणको पिलर दिवालको गुणस्तर उच्च स्तरिय प्राविधिक टोली झिकाई जांच परिक्षण गराई तवमाष निर्माण गराई गलत निर्माण गरि रकम लुटी खाने विपक्षीहरुलाई भ्रष्टाचार तर्फ समुचित कार्वाही गरी खाएका रकम फिर्ता गराई पाउँ । हाल सम्म रु. १९,००,०००÷– अक्षरेपी उन्नाईस लाख रुपैया रकम निकालेका र काम ११ लाखको गरेको भन्ने हुँदा जाली विल समेत पेश गरेको छ। सो निर्माण कार्यलाई तत्कालनरोके ज्यादै खतरा हुने हुँदा निर्माण कार्य रोकी छानविन गरि कार्वाही गरि पाउँ” भन्ने कुराहरु उल्लेख रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय